काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग, आपूर्ति ९ करोड मात्रै
काठमाडौं । काठमाडौं उपत्यकामा एक प्रमुख समस्या हो खानेपानी । उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ भने आपूर्ति जम्मा ९ करोड लिटर । खानेपानी मागलाई केहि हदसम्म भएपनि भरथेग गरेका ऐतिहासिक ढुंगेधारा भने संरक्षणको अभावमा बेवारिसे बनेका छन् । काठमाडौं उपत्यकामा परापूर्व कालदेखिनै खानेपानीको एक प्रमुख श्रोत थियो ढुँगेधारा । तर, बढ्दो शहरीकरण, मानविन लापर्वाही र सरोकारवालाको वेवास्ताका कारण अधिकांश ढुँगेधारा लोप हुने अवस्थामा पुगेका छन् ।
जीर्ण र सुक्दै गएका ऐतिहासिक ढुंगे धाराहरुको संरक्षणमा सम्बन्धिन निकाय जिम्मेवार नबन्नुनै संरक्षणको प्रमुख चुनौती हो । अधिकांश यस्ता धाराहरु काठमाण्डौं उपत्यकामा बेवारिसे अवस्थामा रहेका छन । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार काठमाडौँ उपत्यकाका १० नगरपालिकाभित्र करिव ६ सय ढुङ्गे धारामध्ये करिव ५ सय मात्र भेटिएको छ । भेटिएका मध्ये पनि अधिकांश सुकेका छन् । ढ्ुंगेधारा पानीको श्रोत मात्रै होइनन् काठमाडौं उपत्यकामा नेवार संस्कृतिसंग जोडिएको ऐतिहासिक पाटो पनि छ ।
ढुंगेधाराहरुको जीर्णोद्धार र संरक्षणमा बिशेष ध्यान दिइएको मध्यपुर ठिमी नगरपालिकाले जनाएको छ । काठमाण्डौं उपत्यका खानेपानी बिकास समिति ढुंगेधारा संरक्षण गर्ने कार्यक्षेत्र आफ्नो नभएपनि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसंग समन्बयन गरेर ढुंगेधाराबाट आउने पानी खेर नजाने तर्फ ध्यान गएको बताउछ । काठमाण्डौं उपत्यकामा बढ्दो पानीको माग पुरा गर्न सहयोगी बनेका ऐतिहासिक सम्पदा ढुँगेधारको संरक्षणमा सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी देखिन्छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ऐतिहासिक ढुंगे धारा, #काठमाडौं उपत्यका, #ढुंगेधारा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्