काठमाडौं उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग, आपूर्ति ९ करोड मात्रै

काठमाडौं । काठमाडौं उपत्यकामा एक प्रमुख समस्या हो खानेपानी । उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ भने आपूर्ति जम्मा ९ करोड लिटर । खानेपानी मागलाई केहि हदसम्म भएपनि भरथेग गरेका ऐतिहासिक ढुंगेधारा भने संरक्षणको अभावमा बेवारिसे बनेका छन् । काठमाडौं उपत्यकामा परापूर्व कालदेखिनै खानेपानीको एक प्रमुख श्रोत थियो ढुँगेधारा । तर, बढ्दो शहरीकरण, मानविन लापर्वाही र सरोकारवालाको वेवास्ताका कारण अधिकांश ढुँगेधारा लोप हुने अवस्थामा पुगेका छन् ।
जीर्ण र सुक्दै गएका ऐतिहासिक ढुंगे धाराहरुको संरक्षणमा सम्बन्धिन निकाय जिम्मेवार नबन्नुनै संरक्षणको प्रमुख चुनौती हो । अधिकांश यस्ता धाराहरु काठमाण्डौं उपत्यकामा बेवारिसे अवस्थामा रहेका छन । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार काठमाडौँ उपत्यकाका १० नगरपालिकाभित्र करिव ६ सय ढुङ्गे धारामध्ये करिव ५ सय मात्र भेटिएको छ । भेटिएका मध्ये पनि अधिकांश सुकेका छन् । ढ्ुंगेधारा पानीको श्रोत मात्रै होइनन् काठमाडौं उपत्यकामा नेवार संस्कृतिसंग जोडिएको ऐतिहासिक पाटो पनि छ ।
ढुंगेधाराहरुको जीर्णोद्धार र संरक्षणमा बिशेष ध्यान दिइएको मध्यपुर ठिमी नगरपालिकाले जनाएको छ । काठमाण्डौं उपत्यका खानेपानी बिकास समिति ढुंगेधारा संरक्षण गर्ने कार्यक्षेत्र आफ्नो नभएपनि काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसंग समन्बयन गरेर ढुंगेधाराबाट आउने पानी खेर नजाने तर्फ ध्यान गएको बताउछ । काठमाण्डौं उपत्यकामा बढ्दो पानीको माग पुरा गर्न सहयोगी बनेका ऐतिहासिक सम्पदा ढुँगेधारको संरक्षणमा सम्बन्धित निकायले तदारुकता देखाउन जरुरी देखिन्छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ऐतिहासिक ढुंगे धारा, #काठमाडौं उपत्यका, #ढुंगेधारा
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्