भेला रोक्न माग गर्दै कुमार पन्तले गुहारे प्रधानमन्त्री, एनआरएनए फुटाउने तयारीमा शेष घले र कुल आचार्य
काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए) मा विभाजन देखिएपछि अध्यक्ष कुमार पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेका छन् । उनले शेष घले पक्षले समानान्तर महाधिवेशन डाकेपछि त्यसलाई रोक्न प्रधानमन्त्री देउवालाई पत्र लेखेका हुन् ।
‘निर्वाचन, महाधिवेशन र विश्व सम्मेलनको मिति तय गरिसकेको र सहमतिको लागि आवश्यक छलफल भईरहेको अवस्थामा संघको नाममा अवैधानिक रुपमा केही असन्तुष्ट पक्षहरुले भोलि २२ मार्च, २०२२ देखि २५ मार्च २०२२ सम्म सम्मेलन तथा महाधिवेशन आयोजना गरेकाले त्यसलाई रोकी दिन हुनको लागि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष हार्दिक अनुरोध गर्दछु’, पन्तले लेखेको पत्रमा भनिएको छ ।
उनले यस वर्षको सम्मेलन तथा महाधिवेशन गत अक्टोवरमा सम्पन्न हुनु पर्नेमा केही आन्तरिक समस्याका कारण मार्च २४ र २५ मार्चमा निर्वाचन गर्न लागिएको पनि उल्लेख गरेका छन् । निर्वाचनपछि विश्व सम्मेलन तथा महाधिवेशन २६ र २७ आयोजना हुन गइरहेको समेत पत्रमा उल्लेख छ । यहीबीचमा समानान्तररुपमा छुट्टै सम्मेलन हुन लागेको भन्दै उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि सो कार्य रोकिदिन आग्रह गरेर पत्र लेखेका छन् ।
एनअराएनएभित्र संस्थापन र शेष घले–कुल आचार्य पक्षीबीचको विवादले छुट्टाछुट्टै महाधिवेशन गर्न लागिएको हो । यहीबीचमा उच्च अदालत पाटनले विवादबारे चैत ९ मा दुबै पक्षलाई छलफलका लागि बोलाउनुका साथै यो बीचमा निर्वाचनका कुनै पनि कार्य नगर्न भनेको छ। तर, एनआरएनए बिभाजनको अन्तिम विन्दुमा पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अध्यक्ष कुमार पन्त, #एनआरएनए, #महाधिवेशन, #शेरबहादुर देउवा
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्