सलमान खान नेपाल आउनुअघि मन्त्री प्रेम आलेले भर्चुअल संवाद गर्ने
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानसँग भर्चुअल कुराकानी गर्ने भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाल भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा भर्चुअल संवाद हुने जानकारी दिइएको छ ।
सलमान खान आगामी जेठ १४ गते दशरथ रंगशालामा आफनो दिन आउँदैछन् । सलमानलाई नेपाल ल्याउन लागेको ओडिसी इन्टरटेनमेन्टले त्यसअघि मन्त्री आलेसहितको भर्चुअल संवादमा सलमान सहभागी हुने बताएको हो । सलानसँग पत्रकारहरूलाई पनि सवाल जवाफमा भाग लिन दिइनेछ । यसैबीच मन्त्री आलेले सलमान खान नेपाल आउँनु नै पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको बताए ।
आलेले सलमानलाई नेपाल ल्याउन आफूले पनि चासो दिएको र यसबाट पर्यटक भारतीय भित्र्याउन राम्रो अवसर सिर्जना हुने दाबी गरे । आलेले कोभिडका कारण ठप्प भएको नेपालको पर्यटन पुनः ब्युँताउन यस्तै खाले रचनात्मक काम अघि बढाइने बताए । कलाकार लगायतलाई पेश्की रकम पठाउन राष्ट्र बैंकलाई विदेशी मुद्रा सटहीको अनुमति लगायतका प्रक्रियामा आलेले मन्त्रालयबाट सहजीकरण गरेका हुन् ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रेम आले, #सलमान खान
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्