सलमान खान नेपाल आउनुअघि मन्त्री प्रेम आलेले भर्चुअल संवाद गर्ने
 
	
				
			काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानसँग भर्चुअल कुराकानी गर्ने भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन तथा नेपाल भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा भर्चुअल संवाद हुने जानकारी दिइएको छ ।
सलमान खान आगामी जेठ १४ गते दशरथ रंगशालामा आफनो दिन आउँदैछन् । सलमानलाई नेपाल ल्याउन लागेको ओडिसी इन्टरटेनमेन्टले त्यसअघि मन्त्री आलेसहितको भर्चुअल संवादमा सलमान सहभागी हुने बताएको हो । सलानसँग पत्रकारहरूलाई पनि सवाल जवाफमा भाग लिन दिइनेछ । यसैबीच मन्त्री आलेले सलमान खान नेपाल आउँनु नै पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर भएको बताए ।
आलेले सलमानलाई नेपाल ल्याउन आफूले पनि चासो दिएको र यसबाट पर्यटक भारतीय भित्र्याउन राम्रो अवसर सिर्जना हुने दाबी गरे । आलेले कोभिडका कारण ठप्प भएको नेपालको पर्यटन पुनः ब्युँताउन यस्तै खाले रचनात्मक काम अघि बढाइने बताए । कलाकार लगायतलाई पेश्की रकम पठाउन राष्ट्र बैंकलाई विदेशी मुद्रा सटहीको अनुमति लगायतका प्रक्रियामा आलेले मन्त्रालयबाट सहजीकरण गरेका हुन् ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रेम आले, #सलमान खान
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्