क्रिप्टोकरेन्सीमा प्रियंकाको नाम जोडियो, सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौं । नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको अनुसन्धानमा तानिएकी छन् । क्रिप्टोकरेन्सीमा उनले पनि लगानी गरेको आशयको एउटा विज्ञापन भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) उनीमाथि अनुसन्धान सुरु गरेको बताइएको छ ।
सीआइबीको बोलाएपछि नायिका कार्कीले आइतबार बयान दिएकी छन् । ‘राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले उनलाई बोलाइएको बताइएको छ ।
किप्टोकरेन्सीको सामाजिक सञ्जालका पेजहरूमा राखिएको पोस्टमा प्रियंकाको पनि लगानी रहेको उल्लेख गरिएको छ । नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू गएको बताएकी छन् । आफू क्रिप्टोकरेन्सीमा संलग्न भने नरहेको उनले बताइन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नायिका प्रियंका कार्की
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्