बलात्कारको आरोपमा पक्राउ परेका पूर्वमन्त्री बानियाँ पाँच लाख धरौटीमा रिहा
काठमाडौं । बलात्कारको अभियोग लागेका नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन ।
बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर सांसद बानियाँले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
प्रहरीले खोजतलास गर्न थालेपछि सांसद बाँनिया आफैं गिरफ्तारी दिन नेपालगन्ज जाँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । घरौटीमा रिहा भएका बानियाँले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् भने पीडित भनिएकी महिलाले आफूमाथी बारम्बार यौँन शोषण भएको दाबी गर्दै आएकी छिन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वमन्त्री मोहन बानियाँ, #मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्