बलात्कारको आरोपमा पक्राउ परेका पूर्वमन्त्री बानियाँ पाँच लाख धरौटीमा रिहा
काठमाडौं । बलात्कारको अभियोग लागेका नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन ।
बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर सांसद बानियाँले बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।
प्रहरीले खोजतलास गर्न थालेपछि सांसद बाँनिया आफैं गिरफ्तारी दिन नेपालगन्ज जाँदै गर्दा बाटोबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । घरौटीमा रिहा भएका बानियाँले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् भने पीडित भनिएकी महिलाले आफूमाथी बारम्बार यौँन शोषण भएको दाबी गर्दै आएकी छिन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पूर्वमन्त्री मोहन बानियाँ, #मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्