Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले पनि आफ्नै चुनाव चिन्ह पाउने


काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । बुधबार बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो । त्यसका लागि ती दलहरूको कुन–कुन जिल्लाका संगठनको अवस्था कस्तो छ ? त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसको विवरण पेश गर्नका लागि स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण पेश गर्ने समयसीमा तोकेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था थियो ।

राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरूले विरोध गर्दै आएका थिए । विवरण पेश नगर्ने दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । जिल्लाबाट प्राप्त भएको विवरण भिडेको खण्डमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिन्ह उल्लेख गर्नेछ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दलको चिन्ह, #निर्वाचन आयोग, #राष्ट्रिय दल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं