नेपालमा बन्द गरियो क्रिप्टो, हाइपर,अनलाइन जुवाका वेबसाइट र एप
काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट नचल्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो । आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।
यस्तै, राजश्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा संलग्न भएको दाबीसहित दुई जनाविरुद्ध ९ करोड ७४ लाख ६९ हजार बिगोसहित मुद्धा दायर गरेको छ । विभागले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मोरङ रतुवामाईका पुस्कर श्रेष्ठ र बिनिता लिम्बुविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले विभिन्न खालका एप्सहरुको प्रयोग गरेर अवैध रुपमा अनलाइनमार्फत कारोबार गरेको विभागको दाबी छ । उनीहरु क्रिप्टोकरेन्सीमा संलग्न भएको गरेको विभिन्न बैकका स्टेटमेन्टहरु, बरामद गरेका मोवाइलमा प्राप्त डाटा, कल डिटेल विवरण अदालतबाट खुल्न आएको बिभागको दाबी छ । श्रेष्ठ र लिम्बुले बिभिन्न मोबाइल एप्स प्रयोगमा ल्याएर विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख ७६ हजार, एनआईसी एशिया बाट एक करोड ८२ लाख ४९ हजार आठ सय र राष्ट्रिय वाणिज्य बैंकबाट २ कोड ३६ लाख ६२ हजार सहित ७ करोड ५७ लाख ७१ हजार ९ नौ सय रुपैयाँको अवैध कारोबार गरेको विभागको दाबी छ । त्यस्तै लिम्बुले एनआईसी एशियाबाट २ करोड १६ लाख ९८ हजारसहित जम्मा ९ करोड ७४ लाख ६९ हजार ९ सय ८३ रुपैयाको कारोबार गरेको देखिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #क्रिप्टोकरेन्सी, #हाइपर नेटवर्किङ
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्