माधव नेपालसहित १४ सांसदमाथिको सुनुवाई चैत २० गते
काठमाडौं । नेकपा एकिृकत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेले कारबाही गरेको १४ सांसदमाथिको अन्तिम सुनुवाइ चैत २० हुने भएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले मुद्दा पूर्ण सुनुवाइमार्फत २० गते पेशी तोकेर पेश गर्न आदेश दिएको हो ।
मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएकाले अन्तिम सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको हो । माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओली अदालत पुगेका थिए ।
यसअघि पनि पटक–पटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सभामुखले सूचना टाँस नगरेपछि एमालेबाट विद्रोह गरेर माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेको थिए ।
सभामुख सापकोटाले कानुनअनुसार १५ दिनभित्र सूचना टाँस गर्न पाउने अधिकार छ। त्यसै अधिकारलाई प्रयोग गरेर सभामुख सापकोटाले १३ दिनका दिन यस विषयमा कुनै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना निकालेका थिए। त्यही विषयलाई लिएर एमालेले निरन्तर संसद्मा नाराबाजी गरिरहेको छ ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #१४ सांसद, #नेकपा एकिृकत समाजवादी, #माधवकुमार नेपाल
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्