Techie IT
  • ३० जेठ २०८२, बिहीबार
KhojPatrika

रुकुमपश्चिम काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रुद्रजंग देवकोटा चयन


काठमाडौं । नेकपा (एकिकृत समाजबादी) रुकुमपश्चिम काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा रुद्रजंग देवकोटा सर्वसम्मत चयन भएका छन् । शनिबार काठमाडौंको बागबजारमा भएको भेलाले देवकोटालाई सर्वसम्मत चयन गरेको नेकपा एकिकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य पुस्तक चन्दले जानकारी दिए ।

मञ्चको उपाध्यक्षमा लोकेन्द्र लामिछाने र भावना पुरी, सचिवमा अमर पुन, उपसचिवमा पबन ओली, निरोज राणा र पुर्णिमा घर्ती, सदस्यहरुमा छवि शर्मा, अञ्जना पुरी,ललिता नकाल, टिका खड्का, रोहन गिरी, विकास पुन, रमित गिरी, टोपबहादुर बुढाथोकी, दिलिप पुरी र विवेक पुन रहेको १७ सदस्यीय कमिटी गठन भएको हो ।

कार्यक्रममा नेकपा एकिकृत समाजबादीका पोलिटव्युरो सदस्य शेरबहादुर केसी, केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश कमिटी सचिव ठगेन्द्र प्रकाश पुरी, केन्द्रीय सदस्य एवं रुकुमपश्चिमका अध्यक्ष बिमलकुमार पुन, कर्णाली काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कमल खत्री, समाजबादी प्रेस संगठनका केन्द्रीय सदस्य धनवीर दाहाल, कर्णाली प्रदेश सदस्य हिरा रेउले, पुस्तक चन्द, शिताराम देवकोटा लगायतको उपस्थिति रहेको बताइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #नेकपा (एकिकृत समाजबादी), #रुकुमपश्चिम काठमाडौं सम्पर्क मञ्च, #रुद्रजंङ देवकोटा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं