गोदावरी नगरपालिकाले बनायो अत्याधुनिक भवन, उद्घाटनसँगै अव आफ्नै कार्यालयबाट सेवा
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले अत्याधुनिक भवन बनाएको छ । स्थानीय सरकारका जनप्रतिनिधिको पदावधि सकिन दुई महिना मात्रै बाँकी रहँदा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नै कार्यकालमा भवन उद्घाटन गराएका छन् । महर्जनकै कार्यकालमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएपछि काम समेत अव नयाँ भवनबाट सुरु हुन लागेको छ । करिव २२ करोड लगानीमा निर्मित भवन कलात्मक र आकर्षक छ ।
भवनको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुरको बज्रवाराही पुगेर गोदावरी नगरपालिकाको भवन उद्घाटन गरेका हुन् । छैटौं स्थापना दिवसको सन्दर्भ पारेर नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
गोदावरी नगरपालिकाको प्रशासनिक भवन २०७५ सालको आश्विन २५ गते नगरपालिकाका संघीय सासंद नवराज सिलवाल, प्रदेश सासंद चेतनाथ सञ्जेल र सुशीला पुन र मेयर गजेन्द्र महर्जनले शिलान्यास गरेका थिए ।
२ वर्षभित्र निर्माण पुरा गरिसक्नु पर्ने योजना भएपनि १७ महिना ढिलो गरी भवनको उद्घाटन भएको हो । करिब १२ रोपनी जग्गामा निर्माण भएको भवन ७ तलाको छ । भवनमा २ तला बेसमेन्ट पार्किङ छ । परम्परागत डिजाइनमा बनाइएको भवनको माथिल्लो तलामा हल रहेको छ भने लिफ्ट समेत राखिने बताइएको छ ।
२७ करोड ४९ लाख ८९ हजार ३५ रुपैयाँ भवन निर्माणको बजेट विनियोजन गरिएपनि तुल्सीभक्त ड्रागन जेभिल २१ करोड ४५ लाख ५६ हजार ६१ रुपैयाँमा ठेक्का लिएर संयुक्त ठेक्कामा भवन निर्माण गरेका हुन् । उद्घाटनपछि प्रधानमन्त्री देउवाले स्थानीय विकासका गोदावरीले फट्को मारेको र आगामी दिनमा विकाशको गति अझ बढ्ने विश्वास व्यक्त गरेका थिए ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरीमा आफूले जतिसुकै काम गरे पनि बाटोको धुलो र धुवा देखाएर स्थानीयले आलोचना गरेको भन्दै दुःख व्यक्त गरे । उनले गोदावरी र चापागाउँ सडक विस्तारका लागि सरकारले मुआब्जा व्यवस्था गरोस् भन्दै प्रधानमन्त्री देउवालाई आग्रह गरे । नागरिकको नजिकको सरकार स्थानीय तह भएकाले यो सरकारसँग नागरिकको अपेक्षा धेरै हुनु स्वभाविक भएको प्रधानमन्त्री देउवको भनाई थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गजेन्द्र महर्जन, #गोदावरी नगरपालिका
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्