एमाले अध्यक्ष ओलीलाई निर्वाचन आयोगको जवाफ रातमा मतगणणा गर्न हरियो रंग बनाएका हौं

काठमाडौं । निरन्तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रंग बनाएको भन्दै प्रश्न उठाएपछि निर्वाचन आयोगले जवाफ फर्काएको छ । निर्वाचन आयोगले मत गणनामा समस्या हुने भएपछि स्वस्तिक छाप र चुनाव चिन्हको रङ एउटै नहोस् भनेर हरियो मतपत्र बनाएको जवाफ एमाले अध्यक्ष ओलीलाई दिएको छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आयोगले मतपत्र हरियो बनाउने निर्णय गरेपछि एमालेका अध्यक्ष ओलीले असन्तुष्टि जनाउदै आएका छन् । ओलीले कांग्रेसको चुनाव चिह्न रूख भएकाले सबैले हरियो मात्रै देखून् भनेर हरियो मतपत्र राख्न लागेको हो ? भन्दै प्रश्न गरिरहेका थिए । आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले नितान्त प्राविधिक कारणले हरियो मतपत्र राख्ने निर्णय गरेको जानकारी दिए ।
२०७४ सालमा भएको निर्वाचनमा चुनाव चिह्नहरूको रङ नीलो थियो। स्वस्तिक छापको रङ एउटै पर्दा गणना गर्न गाह्रो भएको हो । स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा हाल्नुपर्ने भएकाले समस्या देखिने भएपछि मतपत्रको रङ फेर्न लागेको प्रष्ट पारे। उनले भने, स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा हाल्नुपर्छ। त्यसले तल्लो तल्लोमा पुग्दा मधुरो हुने भएर राति गणना गर्न गाह्रो भयो।
रातको समयमा बत्तीको कम देखिने स्वस्तिक छाप लगाएका छ छैन भनेर चिन्न गाह्रो पर्ने भयो।’ गत सालको अनुभव र विज्ञहरुको सुझावको आधारमा मतपत्रको रङ फेरेको उनको भनाई छ । उनले भने, ‘गणना गर्न सजिलो होस् भनेर गत सालको बेलाको अनुभवलाई लिएर मतपत्रको रङ फेर्न लागिएको हो। कसैलाई आयोगका कामप्रति दुविधा छ भने आयोग त्यसलाई प्रष्ट पार्न तयार छ।’
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग
ताजा खबर
- १प्रतिनिधिसभाको बैठक एक बजे, यस्तो छ कार्यसूची
- २टंकनाथ (टोपलदास) जमरकट्टेल स्मृति वंशहित कोष स्थापना
- ३स्थायी कमिटी बैठकमा सबै खाले एजेण्डामा छलफल भयोः जनार्दन शर्मा
- ४राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान रहेछः रास्वपा
- ५रास्वपा र राप्रपालाई काँग्रेसको चेतावनीः संसदमा गाली गरेर बाहिरिने प्रवृत्ति रोकौं
तपाईको कमेन्ट लेख्नुहोस्