नेपाल बारमा सत्ता गठबन्धन र एमाले भिडन्त,कसले मार्ला बाजी

काठमाडौं । सत्ता गठबन्धनको निरन्तरतामा पार्टी भित्रै मतभेद बढिरहँदा कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बारको निर्वाचनमा भने गठबन्धका दलहरु एकजुट भएका छन् । गठबन्धन दल समर्थित कानुन ब्यवसायी र एमाले समर्थित कानुन ब्यवसायीबीच बारमा भिडन्त हुने भएको छ । अहिले सत्ता गठबन्धन एकातिर र अर्को तिर नेकपा एमाले जस्तो देखिएको छ । सत्तामा मात्र होइन अन्य निकायहरुमा पनि गठबन्धन समर्थित दल एकीकृत भएका छन ।
पत्रकार महासंघको चुनावमा कांग्रेस, माओवादी, राष्ट्रिय सभाको चुनावमा गठबन्धन दल हुँदै अहिले नेपाल बारको चुनावमा पनि गठबन्धन एकैठाऊ उभिएको छ । आगामी चैत १९ गते हुने निर्वाचनको लागि निर्वाचन समितीले सोमबार प्रथम चरणमा उम्मेद्वारहरुको नामावली प्रकाशन गरेको छ । सोही नामावलीलाई आधार मान्ने हो भने नेपाल बारको चुनावमा गठबन्धनले छुट्टै प्यानल नै बनाएर अगाडि बढेको छ भने एमाले निकट कानुन ब्यवसायीको संगठन पिपिएलएले पनि छुट्टै उम्मेद्वार खडा गरेको छ ।
यसले पनि राजनीतिक भाषामा गठबन्धनको निरन्तरता र कानुनी क्षेत्रमा राजनीतिको हस्तक्षेपका रुपमा पनि लिने गरिएको छ । पिपिएलएको तर्फबाट अध्यक्षमा उम्मेद्बारी दिएका बिष्णुमणि अधिकारी गठबन्धन प्यानलमा राजनीतिको गन्ध आएको दाबी गर्छन् । पछिल्लो समय न्यायलयमा राजनीतिक नियुक्तीले गर्दा न्यायिक प्रकृया न्यायसङ्गत भएन भन्ने आवाज उठिरहेको छ । तर सर्वोच्च अदालतको सल्लहकार जस्तो मानिने नेपाल बार नै राजनीतिको चङ्गुलमा फसेको छ ।
बारको नेतृत्वले आगामी दिनमा गर्ने कार्यसम्पादनमा गम्भिर असर पर्न सक्ने देखिन्छ । तर, चुनावी मैदानमा होमिएका उम्मेद्वारहरु भने अहिले राजनीति पसेको जस्तो देखिएपनि चुनावपछी भने कुनै प्रभाव नपर्ने दाबी गर्छन् । बारको नेतृत्व चयन गर्दा समेत केन्द्रिय राजनीतिको प्रभाव देखिन थालेपछि त्यसले समग्र न्याय क्षेत्रको निस्पक्षता र स्वतन्त्रतामाथि प्रश्न खडा गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कानुन व्यवसायी, #बारमा भिडन्त, #सत्ता गठबन्धन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्