निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा निर्मला शर्मा निर्बिरोध निर्वाचित
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा निर्मला शर्मा निर्बिरोध निर्वाचित भएकी छन् । शनिबारदेखि जारी युनियनको आँठौ महाधिवेशन मा युवा महिला केन्द्रीय सदस्यमा निर्बिरोध निर्बाचित भएकी हुन् ।
जिल्ला अदालत रुकुमपूर्वमा कार्यरत शर्माको बिपक्षमा कुनै पनि उमेद्वार नपरेका कारण निर्वाचित भएको बताइएको छ । पत्रकारिताबाट २०७५ सालमा निजामति सेवामा प्रवेश गरेकी शर्माले युनियनका प्रतिनिधि तथा पूर्वपदाधिकारीको सहयोगलाई धन्यवाद दिएकी छन् ।
उनले इमान्दार कर्मचारीका रुपमा काम गर्दै निजामती कर्मचारीहरुको हक हित र संरक्षणमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् । निजामती क्षेत्रमा देखिएका बिकृति र समस्यालाई समाधानका लागि युनियनका पदाधिकारीलाई सहयोग गर्ने बताएकी छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केन्द्रीय सदस्य, #निर्मला शर्मा निर्बिरोध
ताजा खबर
- १रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- २समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ३किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ४युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- ५सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू



तपाईको कमेन्ट लेख्नुहोस्