निजामती कर्मचारी युनियनमा रुकुमबाट भुपेन्द्र, गोपाल र निर्मलाको उमेद्वारी
काठमाडौं । नेपाल निजामति कर्मचारी युनियनको ८ औं महाधिवेशनमा रुकुमबाट ३ जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । शनिबारदेखि सुरु भएको नेपाल निजामती कर्मचारी युनियनको ८ औँ महाधिवेशनमा भुपेन्द्र अधिकारीले केन्द्रीय सचिव युवा पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा केन्द्रीय सदस्यसमेत रहेका अधिकारी श्रम मन्त्रालयमा नायव सुब्बा पदमा कार्यरत छन् । २०६७ सालमा निजामती सेवामा प्रवेश गरेका मुसीकोट नगरपालिका–२ निवासी अधिकारी कर्मचारी वृतमा इमान्दार, निडर र देशभरि राम्रो सञ्जाल भएको कर्मचारीको रुपमा चिनिन्छन् । उनले गोपाल पोखरेल नेतृत्वको टिमबाट उम्मेद्वारी दिएको बताए ।
यस्तै खुला केन्द्रीय सदस्यतर्फ गोपाल शर्माले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाल प्रेस युनियन रुकुमका पूर्व अध्यक्ष समेत रहेका २०६८ सालदेखि निजामति सेवामा कार्यरत छन् । मालपोत कार्यालय रुकुम पश्चिममा कार्यरत शर्माले कर्मचारी वृतमा आफ्नो छवि राम्रो भएकाले सबैले आफूलाई सहयोग गर्ने दाबी गरे ।
त्यस्तै, युवा महिला केन्द्रीय सदस्यमा जिल्ला अदालत रुकुम पूर्वमा लेखापाल पदमा कार्यरत निर्मला शर्माले पनि उम्मेद्वारी घोषणा गरेकी छन् । पत्रकारिताबाट निजामति सेवामा प्रवेश गरेकी शर्मा इमान्दार कर्मचारीका रुपमा रहेकोले जित्ने आधार भएको उनको दाबी छ । २०७५ सालदेखि निजामति सेवामा प्रबेश गरेकी शर्माले जितका लागि प्रचार–प्रसारलाई तिब्रता दिएकी छन् ।

क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उम्मेद्वारी दिने घोषणा, #नेपाल निजामति कर्मचारी युनियन
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्