एमाले सांसद बानियाँ बलात्कार आरोपमा पक्राउ
काठमाडौं । नेकपा एमाले, मुगुका सांसद मोहन बानियाँ महिला बलात्कारको आरोपमा पक्राउ परेका छन् । बानियाँलाई काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले बानियाँले ४० वर्षीया पीडित महिलाले २७ माघमा जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए ।
आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । बानियाँले भने आफुलाई बद्नाम गराउन गिरोह नै लागेको बताइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मोहन बानियाँ
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्