एमसीसी पारितपछि माओवादीभित्रको विवाद उत्कर्षमा, नारायणकाजी समूहलाई फकाउँदै प्रचण्ड
काठमाडौं । एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रभित्र आन्तरिक विवाद चुलिएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता प्रतिनिसधसभाबाट अनुमोदन गर्ने पार्टीको निर्णयमा फरक मत राख्दै आएका नेता नारायणकाजी श्रेष्ठसहितका पूर्व एकताकेन्द्रका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट बनेका हुन् ।
सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठसहितका असन्तुष्ट नेताहरुतर्फ संकेत गर्दै पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्तिपछि माओवादी केन्द्रमा बिवाद उत्कर्षमा पुगेको आँकलन गरिएको छ । चुलिएको बिवाद मथ्थर गर्न भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता श्रेष्ठलाई भेट्न मंगलबार उनको निवास हात्तीवन पुगेका छन् ।
एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणी पोखरेल, अञ्जना बिसंखेसहित पूर्वएकताकेन्द्रका नेता कृष्णबहादुर महरा, राम कार्की लगायतले १२ बुँदे ब्याख्यात्मक घोषणालाई स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई फकाउन लागिपरेका छन् ।
बिवादकाबीच आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । महासचिव लगायत पदाधिकारीहरू छान्ने कार्यसूची रहेको सो बैठकमा पूर्वएकताकेन्द्रका नेताहरूले फरक मत राख्ने र त्यहीँबाट पार्टी फुट्न सक्ने आँकलनसहित अध्यक्ष प्रचण्डले विवाद मिलाउन सक्रियता बढाएको नेताहरूले बताएका छन् । प्रचण्ड निकट नेताहरुले भने यो भेटघाट फागुन २० गतेको बैठकको तयारीका क्रममा भएको सामान्य भेटघाट भनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी
ताजा खबर
- १राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- २अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ
- ३निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति
- ४प्रतिनिधिसभा निर्वाचनः पाल्पा–२ बाट डा.महेश्वरी कुँवर कांग्रेस उम्मेदवार सिफारिस
- ५आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे



तपाईको कमेन्ट लेख्नुहोस्