भीम रावललाई गगन थापाको चुनौति, अमेरिकी सेना नआए नागरिकता त्याग्न तयार हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी बारे भ्रम फैलाउनेलाई चुनौति दिए । आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणामाथिको छलफलमा त नेकपा एमाले सांसद भीम रावल र कांग्रेस सांसद गगन थापाबीच दोहोरी नै चल्यो।
रावलले द्विपक्षीय सम्झौतामा एक पक्षीय रूपमा मात्र व्याख्यात्मक घोषणा गरेर त्यसको वैधानिकता नहुने र यसबाट देश र जनतामा भ्रम सिर्जना गरिएको बताए। एमसिसी सम्झौतामा उल्लेख गरिएका प्रावधान नेपालको संविधान र कानुन विपरीत रहेको उनको जिकिर थियो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भए आफूलाई सर्वस्वसहित नागरिकता खोस्न र देश निकाला गर्न माग गरो थिए ।
थापाले एमसिसीका कारण स्वाधीनतामा आँच आउने भ्रम छरिएको भन्दै एमसिसी पास गर्ने संसद्को सदस्यका रुपमा नेपालको स्वाभिमान संकटमा परे जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताए। थापाले भने,‘अबको ५ वर्षमा यदि यो सम्झौताका कारण नेपालको स्वाधीनता संकटमा परेछ भने म सरी भन्दिन। त्यतिबेला मलाई थानकोट कटाइयोस, नागरिकता खोसियोस्, चारपाटा मुडेर मेरो सर्वस्वहरण गरियोस्।’
भीम रावलले एमसिसी पारित गर्ने सांसदहरू राष्ट्रघाती हुने बताएकोप्रति आपत्ति जनाउँदै थापाले आफू नक्कली राष्ट्रवादी नभएर सक्कली देशभक्त भएको बताए। ‘भीम रावलजी सडकमा बहस गर्ने की संसदमा ? अछाममा गर्ने की काठमाडौमा ? नक्कली राष्ट्रवादीले जनतालाई मर्न लगाउँछ, सक्कली देशभक्त देशका लागि आफै मर्न तयार हुन्छ। म सक्कली देशभक्त हुँ, देशका लागि मर्न तयार छु’, थापाले भने । तर, महामन्त्री थापाले चुनौति दिदा रावलले पनि संसदमै प्रतिबाद गर्न खोजिरहेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गगन थापा, #भीम रावल
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्