Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

संसदमा एमसीसीको पक्ष र विपक्षमा सांसदहरुको चर्काचर्की, एमाले नाराबाजीमै ब्यस्त


काठमाडौं । दलहरुमा लामो रस्साकस्सीपछि अमेरिकी सहयता परियोजना एमसीसी संसदमा समान्य छलफलका लागि पेस भयो । अर्थमन्त्री जनार्दन शर्माले छलफलका लागि संसदमा पेस गरेको प्रस्तावमा एमाले सांसदहरूको अवरोधबीच छलफल भयो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले दलहरूले गर्ने भनेको व्याख्यात्मक घोषणालाई संसदमा पेस गर्नुपर्ने माग गरे । व्याख्यात्मक घोषणा अमेरिकलाई स्वीकार्य हुने–नहुनेबारे अझै प्रष्ट नभएको भन्दै गुरुङले संशय व्यक्त गरेका थिए ।

छलफलमा नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताए । एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरे । समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको उल्लेख गर्दै सबै सम्झौता संसदमा पेश गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीमा आपत्तिजनक केही पनि नभएको बताए । उनले एमसीसीलाई अनावश्यक रुपमा गिजोलिएको बताए । गाउँघरमा पनि साहुसँग ऋण लिँदा तमसुकको भाषाले घोच्ने भन्दै भट्टराईले एमसीसी सम्झौतामा पनि केही घोच्ने भाषा रहेको स्वीकार गरे । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताए । उनले नेपालको गरिबी निवारण र सर्वसाधारणको जीवनस्तरमा सुधार गर्ने उद्देश्यले एमसीसी आएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणा जनतालाई र संसदलाई भ्रममा पार्ने काम मात्र भएको बताए । उनले व्याख्यात्मक घोषणा अमेरिकाले मान्छ कि मान्दैन भनी प्रश्न गरे । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पोडेलले एमसीसी नेपालको राष्ट्रिय हित र परराष्ट्र नीति विपरित रहेको दावी गरे ।

नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले एमसीसी सम्झौताका सम्बन्धमा संसदमा व्याख्यात्मक टिप्पणी गरिए पनि त्यसले सम्झौतालाई परिमार्जन, विकसित वा परिवर्तन गर्न नसक्ने बताए । रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलको आग्रहमा व्याख्यात्मक टिप्पणीका लागि सहमति जनाएको प्रस्ट पारे । आफ्नो नेतृत्वमा सरकार हुँदा संसदमा एमसीसी पेश गरेको मुख्य विपक्षी नेकपा एमाले भने छलफल प्रक्रियामा नै सहभागि भएन । उसले आफूले निष्काशनको सिफारिश गरेका १४ सांसदको पद खारेजी लगायतको माग राखि लगातार संसद बैठक अबरुद्ध गर्दै आएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अर्थमन्त्री जनार्दन, #एमसीसी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं