एमाले अध्यक्ष ओलीले भने चुनावपछि गठबन्धनका नेता ७ दिन उठ्नै सक्दैनन्
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिएका छन् । गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनले उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताएका हुन् ।
शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा उनले सत्तारुढ गठबन्धन आउँदो चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गरे । एमालेले गठबन्धन दलहरूसँग ुवान बाई वानु लड्नुभन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रूपमा चुनावमा लड्न चुनौती समेत दिए ।
आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबी ओलीको छ । गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन् भन्दै ओलीले ब्यङग्य गरे । वैशाख ३० मा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरूले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #७ दिन उठ्नै सक्दैनन्, #केपी शर्मा ओली
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्