एमसीसीलाई विहिबार छलफलमा लगिने, यस्तो छ संसदको कार्यसूची
काठमाडौं । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीलाई बिहिबारबाट छलफलमा लगिने भएको छ । भोलिको सदनमा एमसीसी सामान्य छलफलका लागि पेस हुने संघीय संसद सचिवालयले तयार पारेको कार्यसूचीमा उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् ।
फागुन ८ गते एमसीसी सदनमा टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी अनुपस्थित भएका थिए । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विहीबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् ।
एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा पनि छलफल हुनेछ । एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ तथा विपक्ष दलहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #सदनमा एमसीसी
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्