सशस्त्र प्रहरीको इन्स्पेक्टरको परीक्षामा ७५ माग्दा ६१ जना मात्रै उत्तीर्ण
काठमाडौं । सशस्त्र प्रहरीको इन्स्पेक्टर भर्नाको लिखित परीक्षामा माग अनुसार उत्तीर्ण हुन सकेका छैनन् । ७५ जनाका लागि खुलेको विज्ञापनको लिखित परीक्षामा ६१ जना मात्र उत्तीर्ण भएका छन् । परीक्षामा मधेसी समुदायबाट न्यून उत्तीर्ण भएका छन् । समावेशी आरक्षणको प्रावधानसहित खुलाइएको भर्नामा मधेसी समुदायका लागि नौ जनाको कोटा रहेकोमा लिखित परीक्षामा एकजना मात्र उत्तीर्ण भए ।
सोमबार सार्वजनिक गरिएको नतिजाअनुसार अमर–असक्त प्रहरीका सन्तानका लागि एक जनाको कोटामा कोही पनि उत्तीर्ण हुन सकेनन् । लिखित परीक्षामा कुल तीन सय ७१ सहभागी भएका थिए । महिला, दलित र पिछडिएको क्षेत्रतर्फ माग बराबर मात्र उत्तीर्ण भए । महिलातर्फ सात, दलिततर्फ पाँच तथा पिछडिएको क्षेत्रतर्फ एक जनाको कोटा थियो ।
खुलातर्फ भने ४० जनाको माग भएकोमा ४९ जना उत्तीर्ण भएका थिए । आदिवासी जनजातितर्फ ११ जनाको मागमा १४ जना उत्तीर्ण भए । समावेशी कोटा रिक्त रहेमा त्यसलाई खुलातर्फ जोडेर अन्तिम नतिजा प्रकाशन हुने प्रावधान छ । सशस्त्र प्रहरीको परीक्षामा विगतदेखि मागभन्दा कम उत्तीर्ण हुँदै आएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सशस्त्र प्रहरीको इन्स्पेक्टर
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्