Techie IT
  • ३ असार २०८२, मंगलबार
KhojPatrika

मन्त्री आलेको अर्को उपलब्धि, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैशाख १ देखि उडान


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुगेका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०७९ सालको सुरुवातीदेखी नै अन्तर्राष्ट्रिय उडान सुरु हुने जानकारि दिएका हुन ।

मन्त्री आलेले निरिक्षणका क्रममा भने, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने छ ।” मन्त्री आलेले भारतसँग सिधा रुट अनुमती लिनका लागि लिमा ६२६ का विषयमा पहल भइरहेको जानकारी समेत दिएका छन् । भारतीय नागरिक उड्डयनमन्त्री सकारात्मक भएकाले यो समस्या चाँडै समाधान हुने मन्त्री आलेले जानकारी दिएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौंको एअर–ट्राफिकको समस्या समाधान हुने मन्त्री आलेको दाबी थियो ।

“भैरहवा नजिकै शान्ति दुत गौतमबुद्ध जन्मिनु भएको स्थल लुम्बीनी भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौँ बुद्धिष्ट तथा लाखौँ पर्यटकहरुको आवागमन सहज हुने मन्त्री आलेले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई यथासक्य छिटो सूचारु गराएर पश्चिम नेपालका नागरिकहरुको विदेश यात्राका लागि काठमाडौै धाउनुपर्ने बाध्यता समाधान गर्नेतर्फ आफ्नो प्रयास जारी रहने मन्त्री आलेले विश्वास दिलाए ।

विमानस्थलको भौतिक निर्माणको काम सम्पन्न भइसकेपश्चात अहिले प्राविधिक परिक्षणका लागि क्यालिब्रेशन फ्लाइटको काम भैरहेको छ । करिब ७ देखि १० दिनसम्म एरो थाइको विमानले क्यालिब्रेशन फ्लाइटको काम सम्पन्न गरेपनि नेपाल एयरलाइन्सबाट नियमित उडान सुरु हुने बताइएको छ । उडान तालिका समेत सार्वजनिक गर्न बाँकी छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, #प्रेमबहादुर आले

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं