ज्ञानेन्द्र शाही राप्रपामा प्रबेश,भाषणमा राजाहरुको गाए गुनगान
काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको घोषणा भएको छ ।
समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डाक्टर धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव फागुन ३ गतेको पदाधिकारी बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेसँगै राप्रपाले उनलाई पार्टीमा स्वागत गर्न कार्यक्रम राखेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ट दिन’ मा रहेको बताए ।
अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो ।
कार्यक्रममा ज्ञानेन्द्र शाहीले ३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको जिकिर गर्दै देश र जनताले यथास्थितिको अन्त्य खोजिरहेकोले राप्रपामा प्रबेश गरेको बताए । एमाले, काँग्रेस, माओवादीको विकल्प खोज्न जरुरी भन्दै उनले आफू बिचार मिलेका कारण आफू राप्रपामा आएको जिकिर गरे ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, #भ्रष्टाचार विरोधी
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्