एमसीसीको बिरोधी र प्रहरीबीच झडप,बानेश्वर क्षेत्र तनावग्रस्त,दर्जनौ घाइते
काठमाडौं । एमसिसीविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसिसी संसद्मा पेश नगर्न दबाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनहरू सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा प्रहार गरेको थियो ।
त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो । अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रदर्शनकारीले एमसिसी संसद्मा पेश नगर्न दबाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाको समेत उपस्थितिमा विरोध प्रदर्शन भइरहेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरूले एमसिसी यथास्थितिमा पास गर्न नहुने अडान लिएका छन ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस भने एमसिसी संसद्बाट पास गर्नुपर्ने पक्षमा रहेको छ । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको थियो । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको हो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदर्शनकारी, #बानेश्वर क्षेत्र तनावग्रस्त
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्