Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

एमसीसी संसदमा टेबुल गरे सरकारबाट बाहिरिने प्रचण्डको खुलासा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् । प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् । एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने उनको भनाई छ ।

अध्यक्ष प्रचण्डले एमसीसी संसदमा टेबल गर्नबाट सभामुख अग्नि सापकोटाले नरोकेको पनि स्पष्ट पारेका छन् । सरकारकै कारण संसद स्थगित भएको भन्दै प्रचण्डले सभामुखमाथि गलत आरोप लगाइएको बताए । पछिल्लो पटक त एमालेले पत्र नै लेखेर संसद बैठक स्थगित गर्न आग्रह गरेको पनि दाहालले स्मरण गराए । दाहालले अमेरिकालाई लक्षित गर्दै अहिले एमसीसी पारित गर्ने बेला नभएको जिकिर गरे । निर्वाचनको मिति घोषणा भएका बेला एमसीसी अनुमोदन प्रक्रियामा लैजान नहुने प्रचण्डको भनाई छ ।

नेपालको लोकतन्त्र बलियो बनाउन पनि अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै उनले पारित भयो भने नेपालमा संकट आउने बताए । अझै पनि एमालेसँगको सहकार्य हुन सक्ने भन्दै तत्काल सहकार्य नभए पनि समय परिस्थितीले फेरी पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने प्रचण्डले बताए । आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने दाहालले बताए । चुनावलाई लक्षित गरेर नेपाली कांग्रेस लगायतका दलहरुसँग पनि तालमेल गर्ने दाहालको भनाई छ ।

कांग्रेसका केही नेताहरुले तालमेलको विरोध गरे पनि कांग्रेसको ९० प्रतिशत कार्यकर्ता तालमेलको पक्षमा रहेको दाहालको दावी छ । उनले एमसीसीलाई लिएर अमेरिकाले लिने भए लेउ भन्ने खालको भाषा प्रयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले एमसीसीमा सबै दलबीच सहमति गरेर जानु नै मुलुक र जनताको हित हुने दाबी गरे ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं