प्रेम आलेले भने सरकारी जग्गा फिर्ता ल्याउन नसके एक सेकेण्ड पनि मन्त्री पदमा बस्दैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफनो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने दाबी गरेका छन् । शुक्रवार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समिक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन् । राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको आलेको दाबी छ ।
विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने उनले बताए । पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्ने मन्त्री आलेले प्रतिवद्धता व्यक्त गरे । मन्त्री आलेले सरकारी नियुक्ती पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी समेत दिए ।
उनले भने राज्यको सम्पती दोहन भएको छ त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष हामी सबैको साझा समस्या हो यो । हामी एक्टिभ्ली लागौँ । गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ । विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ ? खोइ त ध्यान गएको त्यहाँ ? त्यसको लागि सचिव महेश्वर न्यौपाने नै चाहिने ? प्रेम आले नै चाहिने मन्त्री ?
विगतदेखि सिस्टम बिग्रेको अवस्था मैले देखेको छु । हामी जतिदिन बस्छौँ, देशको लागि काम गर्छौ । राष्ट्रको लागि काम गर्छौ । इमान्दारीताका साथ काम गर्छौ । र यसमा कसैले पनि गल्ती नगर्नु होला । कार्यालयमा नियुक्ती पाएका साथीहरु विभिन्न अर्को मान्छेसँग बसेर सेटिङ गर्ने यस्तो कामहरु भयो भने यो सह्य हुनेवाला छैन । नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको जानकारी दिए ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पर्यटन तथा नागरिक, #प्रेमबहादुर आले, #सरकारी जग्गा, #संस्कृति
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्