पर्यटनमन्त्री प्रेम आले अस्पताल पुगे सत्यमोहन जोशीलाई भेट्न
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् । मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन अस्पताल पुगेका हुन् ।
जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेको छ । तर, मन्त्री आलेले जोशीको उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेका थिए । जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रेम आले, #सत्यमोहन जोशी
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्