लगानी बोर्डको बैठकः नेपालमै मल कारखाना, डाबर नेपालका लागि १० अर्वको थप लगानी स्वीकृत
काठमाडौं । मंगलबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ४९ औँ बैठकले डाबर नेपाल उद्योगको क्षमता वृद्धि र उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड ६३ लाख ४२ हजार रुपैयाँको थप लगानी स्वीकृत गरेको हो । मह, दन्त मञ्जन, च्यावन प्रास लगायत उत्पादन गरेर निर्यात गर्दै आएको कम्पनीले लगानी थपेर उत्पादन बढाउनका लागि बोर्डमा गरेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।
यसैगरी बोर्ड बैठकले सुदूर पश्चिमको डोटी र डडेल्धुरामा ३ सय ५० मेगावाटको अनुमानित २३ अर्ब रुपैयाँ लगानी गर्ने परियोजना विकासमा सम्भाव्यता अध्ययनका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले तल्लो अरुण जलविद्युत परियोजनाको निर्माण, स्वामित्वकरण, संचालन तथा हस्तान्तरण तरिकाबाट विकास गर्न भएको प्रस्तावक कम्पनीले पेश गरेको प्रारम्भिक प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले लगानी प्रवद्र्धनका सम्बन्धमा विभिन्न संघ संस्थासँग समझदारीपत्र गर्न बोर्डलाई अख्तियारी दिने निर्णय पनि गरेको छ ।
लगानी बोर्डको कार्यालयबाट तयार गरिएको नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने प्रविधिको तुलनात्मक अध्ययन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा प्रधानमन्त्री देउवाले लगानीकर्ताहरुलाई आकर्षित गर्न आवश्यक नीतिगत तथा कानूनी सुधार गरी लगानीमैत्री वातावरण तयार गर्न सरकार प्रतिवद्ध रहेको विचार व्यक्त गरेको सहप्रवक्ता अधिकारीले बताए ।
बोर्डले चालु आर्थिक वर्षमा करिब ८० अर्बको थप लगानी स्विकृत गरिसकेको छ । अरु थप ५ जलविद्युतको करिब ८० अर्बका लगानी प्रस्ताव पाइपलाइनमा रहेको र स्वीकृत हुने चरणमा रहेका छन् । बोर्डको बैठक एक वर्षमा ६ पटक बस्नुपर्नेछ । प्रधानमन्त्री देउवा अध्यक्ष भएपछि बोर्डको यो दोस्रो बैठक हो । आर्थिक विकासका लागि लगानी बोर्डको कार्यालय तथा नेपाल सरकारका सम्बन्धित निकायले पूर्वाधार संरचनामा विविधीकरण गरी सम्भाव्यता अध्ययन सम्बन्धी कार्यहरुलाई तीव्र रुपमा अगाडि बढाउँदै परियोजना निर्माणमा जोड दिने भएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #लगानी बोर्ड, #लगानी बोर्डको ४९ औँ बैठक
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्