देउवा,ओली र प्रचण्डबीच बालुवाटारमा भेट,के–के भयो कुराकानी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार लामो समय एकैसाथ जुट्न नसकेका नेताहरु भेला भए । प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै बर्षपछि एकै ठाउँमा छलफल गर्न जुटेका हुन् । ओली र प्रचण्डबीच त झनै पानी बाराबारको अवस्थामा रहेका दुबै नेता पनि आइतबार छलफलमा जुटे ।
बैठकमा अध्यक्ष प्रचण्डले विवादमा परेको अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीलाई चुनावसम्म रोक्ने प्रस्ताव गरे । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेतको समर्थनमा चुनावपछि मात्र एमसीसी अगाडि बढाउने प्रस्ताव एमसीसीलाई पठाउन प्रचण्डले प्रस्ताव गरेका थिए । बालुवाटारमा झण्डै २ घण्टा चलेको बैठकमा देउवाले एमसीसी पारित गर्न प्रस्ताव गर्दा एमालेका अध्यक्ष ओलीसहितको बैठकमा प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्ने प्रस्ताव गरे ।
बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डले एमसीसीलाई चुनावसम्म थाती राख्न प्रस्ताव गरेको जानकारी दिए । प्रधानमन्त्रीको धारणा एमसीसीलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने थियो । प्रचण्डको चाहिँ चुनावसम्म यो विषयलाई थाती राख्न प्रतिपक्ष समेतको समर्थनमा प्रस्ताव पठाऔं भन्ने थियो,’ पोखरेलले जानकारी दिए । एमालेले भने वैदेशिक सहयोग र परराष्ट्र मामिलाको विषयमा पहिले सत्ता गठबन्धनले साझा दृष्टिकोण बनाउनुपर्ने सुझाव दिएको थियो ।
बैठकमा अध्यक्ष ओलीले अमेरिकासँग एकथरी कुरा र नेपाली जनतासँग अर्को कुरा किन गरेको भनेर प्रश्न गरेका थिए । ‘एमसीसीको बारेमा हामीले स्वाभाविक रूपमा चासो प्रस्तुत गर्यौं, जनताको बीचमा एउटा कुरा, जनतामा अर्को कुरा गर्नेगरी परराष्ट्र मामिलामा द्वैध चरित्र प्रस्तुत गर्नु उपयुक्त होइन भन्यौं,’ पोखरेलले भने, ‘प्रचण्डजीले पत्र नलेखेको भनेर मैले भनेको छैन भन्ने जवाफ दिएका थिए । बैठकमा स्थानीय तहको चुनाव घोषणा गर्न एमालेले गरेको आग्रहमा प्रधानमन्त्री देउवाले छिट्टै घोषणा गर्ने जवाफ दिएको पोखरेलले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, #नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्र, #प्रधानमन्त्री निवास बालुवाटार, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी
- २राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
- ३शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित
- ४कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
- ५सहकारी काण्डमा रविसहितका व्यक्ति कारबाहीको दायरामा ! प्रतिवेदनको अपव्याख्या गर्दै रास्वपा
तपाईको कमेन्ट लेख्नुहोस्