दूधको मूल्य बढाउन बिचौलिया सक्रिय, किसानको नाम भजाएर निजी उद्योग १० रुपयैयाँ बढाउने दाउमा
काठमाडौं । हरेक भान्सामा अत्यावश्यक दूधको मूल्य बढाउन बिचौलियाहरु सक्रिय बनेका छन् । सरकारले चार दिनअघि मात्रै दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५३ पैसा बढाएको थियो । तर, नीजि डेरी उद्योगहरुले किसानको नाम भजाएर दूधको उपभोक्ता मूल्य समेत बढाउने प्रपञ्च रचिरहेका छन् । यस्तो चलखेलले किसानलाई मिल्क होलिडे र उपभोक्तालाई फेरि मूल्यवृद्धिले ढाड सेक्ने देखिएको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले किसानले पाउने दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५३ पैसा बढाएर कच्चा दूधको न्यूनत्तम मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पुर्याएको थियो । यो मूल्यमा पाइने दूधमा ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुनुपर्नेछ ।
किसानले पाउने मूल्य बढेसँगै अब उपभोक्ताले तिर्ने मूल्य बढाउन डेरी उद्योगीहरु सल्बलाएका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले प्रशोधन, ढुवानी र सबै खर्च जोडेर मूल्य बढाउने विषयमा मन्त्रालयसँग छलफल गरिसकेको छ । यही कारण उपभोक्ताहरु फेरी अर्काे मूल्यवृद्धिको सिकार बन्दैछन् । निजी डेरीका अनुसार अब दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्नेछ । किसानका लागि साढे ६ रुपैयाँ बढाएको सरकारले व्यवसायीका मागलाई पनि सम्बोधन गर्ने तयारी गरेको छ । अब किसानको नाम बेचेर दूधजन्य पदार्थका व्यापारीहरुको हितका लागि सरकारले फेरी मूल्य बृद्धिको निर्णय गर्ने अवस्थामा सिर्जना समेत भएको छ ।
क्रयशक्ति कमजोर भएका उपभोक्ताले पौष्टिक आहाराको रुपमा खरिद गर्दै आएको दूधको खपत कम गरिदिएको खण्डमा मिल्क होलिडेका कारण फेरि पनि किसान नै मारमा पर्ने पक्का छ । जसले गर्दा दूध बिक्न छाडेर किसानको उत्पादन खेर जाने अवस्था समेत सिर्जना हुनेछ । कृषिप्रधान देशमा किसानको साथमा सरकार छ भन्ने हो भने उत्पादन भएको दूधको बजार, कृषि कर्जामा सहुलियत, उत्पादित दूध संकलन केन्द्रमार्फत उपभोक्तासम्म पुग्दा बेहोर्नुपर्ने झन्झट कम गरिदिनुपर्ने, किसानलाई विभिन्न राहत दिएर उत्पादनमा प्रोत्साहन अर्थात् लागत कटौतीतिर सोच्नुपर्ने हो ।
किसानको उत्पादन उपभोक्तासम्म पुग्दा बिचौलियाले खाने ठूलो रकमको अन्तरलाई कम गर्न सरकार उदासीन देखिन्छ । अहिले नै किसानले बेच्ने र उपभोक्ताले खरिद गर्ने मूल्यमा ३० रुपैयाँ ४८ पैसाको ठूलो अन्तर छ । उता निजी डेरीका सञ्चालक भने आफूहरुको लागत नै बढेका कारण उपभोक्ता मूल्य बढाउनुको विकल्प नरहेको तर्क गर्छन् । प्रतिलिटर ७६ रुपैयाँको दूधलाई ८० रुपैयाँ तिर्दै आएका उपभोक्ता अब प्रस्तावित मूल्यअनुसा ९० रुपैयाँ तिर्नु पर्ने अवस्थामा पुग्दैछन् ।
बिरामी, बालबालिक तथा वृद्धका लागि पौष्टिक आहाराको रुपमा खुवाइने दूधको मूल्य बढाउनु सट्टा उपभोक्तालाई राहत सरकारले पहल गर्नु पर्ने आवश्यकता छ । सरकारले आफू विचौलिया इशारामा नाच्दैन भनेर प्रष्ट पार्न समेत दूधको मूल्यलाई स्थिर राख्नसक्नु अवस्था आएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दूधको मूल्य, #बिचौलिया
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्