डाक्टर गोविन्द केसीले स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई बुझाए ७ बुँदे ज्ञापनपत्र
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका डाक्टर गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । बिहिबार बुझाइएको ज्ञापनपत्रमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न तथा स्वास्थ्य सेवा गुणस्तरीय, निशुल्क, सुलभ बनाउन केसीले माग गरेका छन् । देशभर खुलेका मापदण्डविनाका निजी स्वास्थ्यसंस्था बन्द गराउन उनले सरकारलाई आग्रह पनि गरेका छन् ।
पूर्वाधार र पर्याप्त जनशक्तिबिना निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको भन्दै डाक्टर केसीले यसबाट बिरामी ठगीने तथा मृत्यु हुनेसम्मको अवस्था रहेको उल्लेख गरेका छन् । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा चिकित्साशास्त्रका विद्यार्थीसँग अतिरिक्त रकम माग गरिएको भन्दै डाक्टर केसीले ती कलेजका सञ्चालकलाई कारवाही गर्न पनि माग गरेका छन् ।
आपराधिक पृष्ठभूमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ ज्ञापन पत्रमा भनिएको छ । उनले आन्दोलनरत विद्यार्थीहरुको भविष्य अहिले पनि अन्योलमा रहेको उल्लेख गरेका छन् ।
चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।’ बिज्ञप्तीमा उल्लेख गरेका छन् । देशका सबै तहका स्वास्थ्य संस्थाहरुको चुस्त अनुगमन गरी मापदण्डविपरीतका स्वास्थ्य संस्थाहरुलाई बन्द गराइ दोषीहरुलाई कारवाही गर्न पनि माग गरिएको छ । केसीले माग पूरा नभएमा थप संघर्षको कार्यक्रम तय गर्ने चेतावनी दिएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #डाक्टर गोविन्द केसी, #विरोध खतिवडा
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्