फागुन १ गतेदेखि त्रिविका रोकिएका परीक्षा सञ्चालन हुने

काठमाडौं । कोरोना सङ्क्रमणका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान चार वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमिततर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन्।
यस वर्षका केही परीक्षा सञ्चालन भइसकेका छन्। सञ्चालनकै क्रममा कोरोना सङ्क्रमण बढेपछि पनिकाले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो। पनिकाले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिने छ।
स्थगित परीक्षा तालिका सार्वजनिक भएसँगै त्रिविले यसअघि फागुनमा हुने गरी तालिका सार्वजनिक गरिसकेको स्नातक तथा स्नातकोत्तर तहका अन्य वर्षका परीक्षा पनि सोही मितिमा सञ्चालन हुने भएका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना सङ्क्रमण, #त्रिभुवन विश्वविद्यालय
ताजा खबर
- १डा.बाबुराम भट्टराईको प्रस्ताव प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सांसद मन्त्री बन्न नपाउने
- २लुम्बिनी प्रदेशको बजेट आइबार आउँदै, चालू आवभन्दा घटाइँदै
- ३मन्त्री पन्तले भने निजी विद्यालयलाई निषेध गरेर जान सकिँदैन
- ४०८३ को मंसिर अघि नै महाधिवेशन हुन्छः गगन थापा
- ५जनार्दन शर्मालाई पार्टी छोड्न नभनेको प्रचण्डको दाबी
तपाईको कमेन्ट लेख्नुहोस्