कसरी बढ्यो नेपालमा खाना पकाउने ग्याँसको माग
काठमाडौं । नेपालमा खाना पकाउने ग्याँस अर्थात एलपिजि आयातमा वृद्धि भएकोे नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महिना आयात भएको ग्याँस हालसम्मकै अत्याधिक रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका हुन् ।
सन् २०२१ को डिसेम्बर महिनामा निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८ सय ४ मेट्रिक टन खाना पकाउने ग्याँस आयात गरेको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ८ हजार ९९५ मेट्रिक टनले धेरै हो ।
अघिल्लो महिनाको तुलनामा ४ हजार १ सय ५५ मेट्रिक टनले बढी रहेको छ । नेपालमा एलपिजि ग्यासको खपत बढ्दा आयल निगम घाटामा जाने निगमका प्रवक्ता उपाध्यायले बताए । हरेक वर्ष नेपालमा एलपिजि ग्यासको खपत बढ्दै गएको पाइन्छ ।
अंग्रेजी वर्षको २०२० भन्दा २०२१ मा १७ प्रतिशत खपतमा वृद्धि आएको निगमले जनाएको छ । नेपालमा बढ्दो शहरीकरणका कारण एलपिजि ग्यासको खपत बढी हुने गरेको छ । यस बाहेक हिजो आज चिसोका कारण पनि एलपिजि ग्यासको खवत बढेको बताइएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एलपिजि आयातमा वृद्धि, #खाना पकाउने ग्याँस
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्