Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

कसरी बढ्यो नेपालमा खाना पकाउने ग्याँसको माग


काठमाडौं । नेपालमा खाना पकाउने ग्याँस अर्थात एलपिजि आयातमा वृद्धि भएकोे नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट गत अंग्रेजी वर्षको अन्तिम डिसेम्बर महिना आयात भएको ग्याँस हालसम्मकै अत्याधिक रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका हुन् ।

सन् २०२१ को डिसेम्बर महिनामा निगमले भारतीय आयल कर्पोरेसनबाट ४९ हजार ८ सय ४ मेट्रिक टन खाना पकाउने ग्याँस आयात गरेको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा ८ हजार ९९५ मेट्रिक टनले धेरै हो ।

अघिल्लो महिनाको तुलनामा ४ हजार १ सय ५५ मेट्रिक टनले बढी रहेको छ । नेपालमा एलपिजि ग्यासको खपत बढ्दा आयल निगम घाटामा जाने निगमका प्रवक्ता उपाध्यायले बताए । हरेक वर्ष नेपालमा एलपिजि ग्यासको खपत बढ्दै गएको पाइन्छ ।

अंग्रेजी वर्षको २०२० भन्दा २०२१ मा १७ प्रतिशत खपतमा वृद्धि आएको निगमले जनाएको छ । नेपालमा बढ्दो शहरीकरणका कारण एलपिजि ग्यासको खपत बढी हुने गरेको छ । यस बाहेक हिजो आज चिसोका कारण पनि एलपिजि ग्यासको खवत बढेको बताइएको छ ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एलपिजि आयातमा वृद्धि, #खाना पकाउने ग्याँस

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं