बझाङमा वडा अध्यक्ष र सचिवलाई विप्लव कार्यकार्यताले दले कालो मोसो

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु क्रान्तिकारीका कार्यकर्ताले बित्थडचिर गाँउपालिका ८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालो मोसो दलेका छन् ।
वडाको योजना करोडौं भ्रष्टाचार गरेको, कमिशन दिनेलाई मात्र उपभोक्ता समितिमा राखेको, मृतकको नाममा सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेकोलगायत आधा दर्जनभन्दा बढी आरोप लगाउँदै मोसो दलेको अनेरास्वियु क्रान्तिकारीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्वियु क्रान्तिकारी सधैं जनताको पक्षमा रहेको बताउँदै स्थानीयको रिपोर्ट र संगठनको अध्ययनको आधारमा जनहितविपरित कार्य गरेको ठहर गर्दै कारबाही गरिएको दाबी गरिएको छ । वडाध्यक्ष र सचिवलाई नै कालोमोसो दलेपछि अन्य दलहरुले आलोचना गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कालो मोसो
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्