Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

छुद्र बोली र कार्यशैलीका कारण विवादमा परेका मन्त्री, देउवाले किन लगाउन सक्दैनन् लगाम


काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री राजनीतिक हैसियतबाट प्राप्त हुने उच्च पद । तर, नेपालमा यी पद त्याग गर्न भन्दा पुग्न मरिहत्ते गर्नेहरुको जमात निक्कै ठूलो छ । राज्य सञ्चालनका बिशिष्ट पदमा पुग्नेहरुले पदीय मर्यादा अनुशासन भुल्दा प्रसंशा भन्दा बढी आलोचना सहनुपरिरहेको छ । कतिपय कार्यशैली र कतिपय छुद्र बोलीका कारण शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरुको पनि आलोचना भइरहेको छ । अझ भनौं यतिबेला प्रधानमन्त्री देउवाको नेतृत्वमा सरकारमा सहभागि मन्त्रीहरु लगाम विनाका घोडा जस्तै भएका छन् । आज हामी देउवा सरकारमा रहेका मन्त्रीहरुको कार्यशैली र छुद्र बोलीका केही उदाहरण प्रस्तुत गर्दैछौं ।

बिहिबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई हत्याको चेतावनी दिइएको तुच्छ र गैरजिम्मेवार भाषणले पनि राजनिति तातिएको छ । कारवाही र मन्त्री पदबाट हटाउनुपर्नेसम्मका आवाज उठ्न थालेका छन् । मन्त्री पदको गरिमा नै भुलेर राजनीतिक भागबण्डामा अवसर पाएकी जनता समाजवादी पार्टीकी नेतृ यादवले डेढ दशकअघिको गौर हत्याकाण्ड सहि थियो भन्ने अभिब्यक्ती दिएकी थिइन ।

गौर हत्याकाण्ड पनि यादवकै पुरानो पार्टी मधेसी जनअधिकार फोरमले मच्चाएको थियो । २०६३ सालको चैत ३ गते भएको रौतहटको गौरमा भएको नरसंहार नेपालको इतिहासकै एक बर्बर र जघन्य अपराधका रूपमा चित्रित छ । तर, त्यसमा सम्लग्नहरुले दण्डित हुनु परेको छैन् । तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको विभत्स तवरबाट हत्या भएको थियो ।

त्यस्तै अवस्था बनाइदिने भन्दै सार्वजनिक कार्यक्रममै मन्त्री यादवले अभिब्यक्ती दिदा चौतर्फी आलोचना हुँदा पनि न उनको पार्टी बोलेको छ न त प्रधानमन्त्री देउवाले नै कुनै चासो दिएका छन् । त्यस्तै देउवा सरकारका अर्का बोलीमा लगाम नभएका मन्त्री हुन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले । केही सकरात्मक काम गरेर चर्चामा आएका मन्त्री आले पनि भाषण र कार्यक्रममा जाँदा म मन्त्री हुँ भन्ने नै बिर्सिन्छन् । सार्वजनिक कार्यक्रममा आले कर्मचारीलाई धम्कीदेखि औला समेत ते¥याउछन् ।

आलेले पर्यटन बोर्डका सिईओ डा.धन्न्जय रेग्मीलाई साँढे भन्दै दिएको अभिब्यक्ती मन्त्रीलाई सुहाउने शब्द नै होइन । मन्त्री आलेले सार्वजनिक कार्यक्रममै ब्यक्तीगत कुण्ठा पोख्नुलाई सही मान्न सकिदैन रेग्मीले गल्ती गरे होलान, उनीलाई कारवाही गर्ने अनेकौं संयन्त्र छन् । तर, मन्त्री आलेले मदिराको विषय उठाएर सार्वजनिक कार्यक्रममै कुण्ठा पोख्नु कदापी राम्रो होइन । त्यस्तै शहरी विकास मन्त्री भएकी रामकुमारी झाक्रीको पदमा नहुँदाको नैतिकता र आदर्श भनाईलाई उनैले लत्याइरहेकी छन् ।

लिपुलेक, कालापानीमा भारत सरकारले बनाउन लागेको सडक होस् या एमसीसीबारे जवाफ नै दिन्न भन्ने मन्त्री झाँक्रीले विगतमा अरुलाई पिर्के सलामी लिएको भन्दै आलोचना गर्दा आफैले त्यो कुरा विर्सिइन । गुल्मीले उनले आफैले प्रहरीको पिर्के सलामी लिइन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल पनि आलोचनाका पात्र बनेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको एमविविएस शुल्क घटाउन मेडिकल कलेज नै अवलोकण भन्दै बारम्बार धाइरहेका मन्त्री पौडेल असफल भएका छन् ।

आफनै मन्त्रालयको गेटमा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई कालो मोसो दलियो । तर, शुल्क घटाउन नसकेपछि अहिले गृहमन्त्री बालकृष्ण खाणसँग परामर्शमा छन् । यी त केही उदाहरण मात्रै हुन् । हुनत् विगतका मन्त्रीहले पनि यस्तो हर्कत देखाइरहेका थिए । केही पदमुक्त समेत भएका हुन् । सत्ता जोगाउने खेल र भागबण्डामा चित्त बुझाउन बनाइएका मन्त्रीहरु नै सभ्य भाषा र आफनो जीवनशैली परिवर्तन गर्न नसक्दा समाजमा कस्तो सन्देश जाला ?


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #डा.धन्न्जय रेग्मी, #प्रधानमन्त्री, #मन्त्री रेणुकुमारी यादव, #राष्ट्रपति

तपाईको कमेन्ट लेख्नुहोस्