उपत्यकामा लागू भयो यातायातमा जोरबिजोर,यी ब्यक्तीका सवारीलाई लागू हुँदैन जोरविजोर
काठमाडौं । काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना महामारीको संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर बिजोर नम्बर प्लेटका चल्नेछन्।
केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोरबिजोर लागू हुनेछैन । औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल, शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रुपमा गुड्न पाउनेछन् । खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ ।
परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन । सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएका पत्रकारका सवारी साधन तथा कूटनीतिक नियोगका सवारी साधनमा जोरबिजोर लागू हुने छैन ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जोरबिजोर प्रणाली, #सरकारी कर्मचारी, #सार्वजनिक र निजी सवारीसाधन, #सार्वजनिक संस्थान, #सुरक्षाकर्मी, #स्वास्थ्यकर्मी
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्