कोरोना महामारीमा ब्यापारीको मनलाग्दी,सिटामोल अभाव बनाएर मूल्य बढाउन हुँदैछ चलखेल
काठमाडौं । आम नेपाली जनता अभावमा पिल्सिनु कुनै नौलो कुरा भने पक्कै पनि होइन । सामान्य रासनदेखि औषधिसम्मको अभावले गर्दा कैयौँ नेपालीहरुले ज्यान गुमाएका छन् । त्यसै गरी दोस्रो लहरको कोरोना महामारीमा अक्सिजन,अैषधि,उपचार,अस्पलातको अभावले गर्दा अस्वभाविक रुपमा मानिसहरुले ज्यान गुमाएका थिए । सरकारले नेपालमा तेस्रो लहरको कोरोना महामारी भित्रिएको औपचरिक रुपमा घोषणा नगरे पनि दैनिक वढिरहेको संक्रमणले नेपालमा महामारीको तेस्रो लहर भित्रिसकेको देखाउँछ ।
संक्रमण बढेसंगै हिजोआज बजारमा ज्वरो निको पार्न प्रयोग हुने प्यारा सिटामोल अभाव हुन थालेको छ । विक्रेताहरु हिजोआज प्यारा सिटामोल किन्न आउनेको संख्या पनि निकै बढ्न थालेको बताउँछन् । अन्य औषधि भन्दा पनि हिजोआज नेपालमा ५ सय एम जिको प्यारा सिटामोलको अभाव देखिन थालेको हो । नेपालमा ५ सय एम जिको प्यारा सिटामोल उत्पादन गर्ने ३७ वटा कम्पनी रहेका छन् । जसमध्ये २६ कम्पनीले सक्रिय रुपमा औषधि उत्पादन गर्छन् ।
यस्तै १ विदेशी कम्पनीबाट प्यारा सिटामोल आयात गरिन्छ । तर पनि बजारमा सहजै यो औषधि भने पाउन सकिएको छैन । कोरोना महामारीमा औषधि अभाव देखाएर ब्यापारीले मूल्य बढाउन चलखेल गरिरहेका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भने औषधि अभाव हुन नदिने बताउँदा बजारमा भने सिटामोल नै पाइदैन ।
दिन दिनै बढिरहेको कोरोना महामारीमाथि औषधि अभाव थपिदाँ झनै विकराल अवस्था हुने हो कि भन्ने डर आम जनमानसमा देखिएको छ । दोस्रो लहरमा नै अभावका कारण त्यति धेरै क्षति वोहोरी सक्दा पनि सरकार औषधि अभाव हुन नदिन खासै प्रतिवद्ध देखिएको छैन । समय मै सरकारले औषधि अभाव हुन नदिन र नागरिकलाई सुरक्षित राख्ने तर्फ ध्यान पुर्याउन आवश्यक देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #औषधिसम्मको अभाव, #प्यारा सिटामोल आयात
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्