एकैदिन ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण,पुगे ३० हजार ८७७ संक्रिय संक्रमित
काठमाडौं । नेपालमा एकैदिन ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय १ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं उपत्यकाबाहिर चितवनमा १७८, रुपन्देहीमा १५४, सुनसरी १४२, मोरङमा २६०, काभ्रेमा १५० र कास्कीमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कुल परीक्षणको ३८.५५प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय ७७ पुगेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्