पशुपति धर्मशाला र नारायणहिटी निरिक्षणमा मन्त्री प्रेम आले,गलत गर्नेलाई नछाड्ने चेतावनी

काठमाडौं । अहिले चर्चामा आएका दुई स्थान हुन् नारायणहिटी दरबार संग्राहालय र पशुपति धर्मशाला । बतास अर्गनाइजेशनले लिजमा लिएका यी दुई स्थानमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले निक्कै चासो लिएका छन् । आइतबार मन्त्री आले पशुपति धर्मशाला र नारायणहिटी संग्राहलयमा पुगेर निरिक्षण गरेका छन् । धर्मशालामा त मन्त्री आलेले बतास अर्गनाइजेशनले मनपरी संरचना बनाएको देखेर पशुपति क्षेत्र विकास कोषका पदाधिकारीमाथि नै प्रश्न उठाएका छन् ।
हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ । जहाँ नेपाली मात्रै होइन विश्वका अन्य मूलुकबाट आएका हिन्दुधर्मालम्बीहरु समेत पुजाआराधना गर्न पुग्छन् । टाढा–टाढाबाट आएका दर्शानार्थीलाई बस्न र खान सहज होस् भन्दै भारत सरकारको सहयोगमा बनेको यो ‘नेपाल–भारत मैत्री धर्मशाला’मा यतिबेला निजी कम्पनी बतास अर्गनाइजेशनले ब्यापार गरिरहेको छ । नारायणहिटी दरबार संग्राहालयमा समेत बतास ग्रुपले ब्यापार गर्न खाजेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रोक लगाएनन् मात्रै बनाएका संरचना समेत भत्काइदिए ।
त्यसपछि मन्त्री आलेले बतासले नै लिएको पशुपति धर्मशाला लिज प्रकरणको छानविनका लागि समिति नै बनाए । सोमबार म्याद सकिने समितिले प्रतिबेदन बुझाउने अघिल्लो दिन अर्थात आइतबार मन्त्री आलेले धर्मशालाभित्र रहेका बिबिध पाटोको निरिक्षण गरेका छन् । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । निरिक्षणका क्रममा धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको भेटिएको छ ।
होटल बनाइएको धर्मशालमा स्पा, जिमहल र बाथ टबलगायत भेटिएपछि मन्त्री आलेले सेभेनस्टार जस्तो देखिएको प्रतिक्रिया दिए । धर्मशालामा अनुमति नदिइएको क्षेत्रमा पनि संरचना बनाएको छ । धर्मशाला नाम दिएर संचालन गरेका होटलमा शुल्क पनि महँगो पाइएको छ । एकजनालाई एकरात बसेको मात्रै १ हजारदेखि ५ हजार ५ सय र दुई जना बस्दा ११ हजारसम्म शुल्क तोकिएको छ ।
एसी नभएको कोठामा एकजनालाई एक हजार, डिलक्स कोठाको २ हजार ९ सय र ‘स्वीट रुम’ नाम दिएको कोठाको शुल्क ५ हजार ५ सय तोकिएको छ । ३ सयको कोठा भनिएपनि भ्याट र अन्य सुविधा स्वयम ब्यक्तीले तिर्ने गरी हल बनाइएको छ । छानबिन समितिले सोमबार प्रतिवेदन बुझाएपछि सबै सत्यतथ्य बाहिर ल्याउने मन्त्री आलेले बताएका छन् । धर्मशाला मात्रै होइन पशुपति क्षेत्र विकास कोषको मनोमानीले पशुपति क्षेत्र पनि अस्तब्यस्त बनेको छ ।
ठाउँको नामै परिवर्तन गर्ने, भत्किएका सम्पदाको ठाउँमा नयाँ सम्पदा बनाउनुको साथै बनेका सम्पदा पनि कंक्रिटको प्रयोग गर्ने सम्मका हर्कतले पशुपतिलाई पटक–पटक विवादमा तान्ने प्रयास भइरहेको छ । स्थानीय, सम्पदा संरक्षण अभियन्ताहरु पनि यसको विरोधमा छन् । तर, कोषलाई भने यो विषयमा मतलब नै छैन आखिर किन ? आइतबार नै मन्त्री आले नारायणहिटीमा समेत पुगेर भत्काइएका संरचनाको निरिक्षण गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नारायणहिटी दरबार संग्राहलय, #पशुपति धर्मशाला
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्