सिंहदरबारभित्रै सुनिल शर्मालाई ‘नमस्कार सर’ भन्दै विद्यार्थीले दले कालोमोसो
काठमाडौं । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिल शर्मालाई विद्यार्थी संगठनका नेताहरूले सिंहदरबारभित्रै कालोमोसो दलेका छन् । मेडिकल कलेजले लिँदै आएको शुल्क विवादसम्बन्धी विद्यार्थी र मन्त्रीसँग मन्त्रालयमा वार्ता सकाएर निस्कने क्रममा शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दलिएको हो ।
मन्त्रालयबाट बाहिरिँदै गर्दा विद्यार्थी नेताले नमस्कार सर भनेका थिए । तर, शर्माले नमस्कार फर्काउन नपाउँदै उनीमाथि कालोमोसो दलिएको बताइएको छ । शर्मालाई दुर्व्यवहार गरेको आरोपमा ५ विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेको बताइएको छ । उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन् ।
शुक्रबार मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । बैठकमा शर्माले मेडिकल कलेजको सुविधा र संरचनाअनुसार कलेजले रकम लिन पाउनुपर्ने धारणा राखेका थिए । बैठकले गरेको पाँच निर्णयमा पनि शर्माले फरक मत ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिदै थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #सिंहदरबारभित्रै कालोमोसो, #सुनिल शर्मा
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्