बालुवाटारको जग्गा काण्डमा पूर्वमन्त्रीको नाम पनि गयो सरकारी वकिलमा,कहिले पर्लान पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दुई बर्ष लगाएर अध्ययन गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले प्रतिबेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । बालुवाटारको सरकारी जग्गा किनबेचमा प्रयोग भएका कागजात किर्ते भएको निष्कर्षसहित ३ सयबढीलाई प्रतिबादी बनाएर प्रतिबेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । अव वकिलले अध्ययन गरी प्रमाणित भएकाहरुको नाममा अभियोग पत्र तयार गरी मुद्धा चलाइनेछ ।
बालुवाटारस्थित सरकारी जग्गा अर्थात् ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले ३ सय बढीलाई प्रतिबादी बनाएको छ । सरकारी जग्गा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनामाथि बिशेष अदालतमा मुद्धा दायर गरेका बेला केन्द्रीय अनुसन्धान ब्यूरोले समेत सरकारी कागजात किर्ते सम्बन्धि कसुरको आरोपमा ३ सय बढीलाई मुद्धा चलाउनुपर्ने निष्कर्ष सहित सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिबेदन बुझाएको छ ।
दुई बर्ष लामो अनुसन्धान गरेको ब्यूरोले ललिता निवासको १३७ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा ४ पटक घोटाला भएको सीआईबीको दाबी छ । २०२३ सालको मुआब्जा फिर्ता गरी जग्गा फिर्ता लिएको कुरालाई छाड्ने हो भने पनि, २०४९ साल, २०६२ साल, २०६७ साल र २०६९ सालमा उक्त जग्गामा घोटाला भएको छ । अव ब्यूरोले बुझाएको प्रतिबेदन सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने छ ।
अध्ययन गरेपछि अनुसन्धान पुरा भएको अवस्था भयो भने मुद्दा चल्ने, नचल्ने निर्णय हुनेछ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालतमा मुद्धा दायर गरिनेछ । तर, सरकारी वकिलको अध्ययनमा ब्यूरोले प्रतिबादी बनाइएका ब्यक्तीहरु थपघट हुनसक्छन् । ललिता निवास प्रकरणमा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ । अन्य सबैलाई फरार प्रतिवादी बनाइएको छ ।
सीआईबीले बुधबार मात्रै काठमाडौँ जिल्ला अदालतबाट ३ सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइसकेको छ । २०२३ सालदेखि सरकारी जग्गामा भएको गडबड र घोटालाको फेहरिस्त ब्यूरोले निकालेको छ । सिआईबीले हाल पक्राउ पुर्जी लिएका व्यक्तिहरू भिआइपीहरु समेत छन् । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव दिनेशहरि अधिकारीमाथि पनि पक्राउ पुर्जी जारी भएको छ ।
त्यसै गरी ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपी मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, आफनोे जग्गा हो भन्दै दाबी गर्ने व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयलमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । ललिता निवास प्रकरणमै मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्राई बिरुद्धको मुद्धा यतिबेला बिचाराधिन छ । एक महिनाअघि नै फैसला सुनाउने तयारी गरेको सर्बोच्चमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा प्रकरणले पछि सरेको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #अनुसन्धान ब्यूरो सिआइवी, #ललिता निवास जग्गा प्रकरण
तपाईको कमेन्ट लेख्नुहोस्