Techie IT
  • ३ असोज २०८१, बिहीबार
KhojPatrika

गोगंबु सामुहिक बलात्कार घटनाको नयाँ रहस्य, तीन होटेलमै युवा भेट्न आफै पुगेकी थिइन महिला


काठमाडौं । सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी भनिएकी दुई सन्तानकी आमा रहकी अन्दाजी ३४ बषिया महिला सामूहिक बलात्कारमा परेको घटना यतिबेला निक्कै चर्चामा छ । सामुहिक बलात्कारको घटनामा संलग्न रहेको आरोपमा नौँ जना पक्राउ परेको गोंगबु क्षेत्रमा ग्राउण्ड जिरो रिपोटिङ गर्दा नयाँ तथ्य फेला परेका छन् । सामूहिक बलात्कार भनिएको यो घटना रहस्यमयी देखिएको छ । यो काण्डको सुरुवात पुस १२ गते राती नौँ बजेदेखी सुरु भएको देखिन्छ, पहिलो घटनास्थल हो गोंगबु–२६ मित्रनगरको को फ्यामिली पुजा गेस्ट हाउस एण्ड रेष्टुरेन्ट । यहाँ आरोपित युवराज वढुवालसँग महिलाले ८ घण्टासम्मसँगै विताएकी थिइन ।

यसपछि भोलिपल्ट अर्थात पुस १३ गते बिहान ७ देखी ८ बजे आसपासमा सामूहिक बलात्कारमा परेको भनिएकी महिला यहाँबाट करिब ५ सय मिटर भित्र रहेको आयुष गेस्ट हाउस एण्ड लजमा पुगेको देखिन्छ, जहाँ मुगुबाट आएको ११ जना बसेका थिए । यो लजको कोठा नम्बर २०१ मा तीन घण्टा भन्दा बढी समय विताएकी थिइन । प्रहरीले सामूहिक बलात्कार भएको स्थानका रुपमा आयुस होटललाई चित्रण गरिरहेको छ । तेश्रो घटनास्थल हो, आयुषबाट सय मिटर भन्दा नजिक रहेको अर्को होटल पाँचथर सप्तकोसी गेस्ट हाउसमा, यहाँ पुस १३ गते दिउँसोको समयमा सामुहिक बलात्कारमा परेकी भनिएकी महिला आफै पुगेको छन् । यहाँ त उनै महिलाले आफ्नो परिचय लुकाएर कल्पना तामाङको नाममा श्रीमती भन्दै दर्ता किताबमा बिवरण लेखेकी छिन् ।

तीनवटा होटलमा फरक फरक युवाहरुसँग देखिएको उठबस लगायतका यी विभिन्न घटनाले यो घटना बलात्कार थियो वा सहमति नमिल्दाको परिणाम भन्ने अन्यौलता बढाएको छ । अर्कोतिर पक्राउ परेका आरोपितका आफन्तहरु समेत नजिकै बसेका आफूहरुले केही थाहा नपाएको घटना सामूहिक बलात्कारका रुपमा चर्चामा आएकोमा चकित छन् । होटल सञ्चालकहरु समेत आफै हाँसिखुसी विभिन्न होटलमा आउने जाने गरेको दाबीसहित समूहिक बलात्कार भनिएको घटना कुनै सहमति तोडिदाको परिणाम हुनसक्ने बताइरहेका छन् ।

हाम्रो पाटो यथार्थ वस्तुस्थिति केलाउनुमात्रै हो, यसलाई अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्ने दायित्व प्रहरी प्रशासनको हो । गोंगबु सामूहिक बलात्कार घटनामा महिला पीडित हुन वा पुरुष, सत्यतथ्य उजागर हुनुपर्छ । अनि सडकमा दिउँसो र राती यौँनको खुलेआम मोलमोलाई हुने, रेष्टुरेन्ट र मसाज पार्लरमा खुलेआम देहव्यापार हुने शहरवजारका दृश्यहरुले कतै व्यवस्थित रेडलाईटको खोजी गरेका त होइनन भन्ने प्रश्न उब्जिन थालेको छ ।
कस्तो हुँदैछ प्रहरी अनुसन्धान
अन्दाजी ३४ वर्षीया एक महिलामाथि काठमाडौंको गोंगबु क्षेत्रमा सामुहिक बलात्कार भएको उजूरीसँगै ९ जना पक्राउ परेको घटना यतिबेला चर्चामा छ । प्रहरीले पीडितको उजूरी र बयानका आधारमा सिसि टिभि फुटेजमार्फत अनुसन्धान अघि बढाएको छ भने पक्राउ अभियुक्तमाथी म्याद थप गरेर कानुनी कारबाही समेत अघि बढाइएको छ ।

घटना बारे संयुक्त अनुसन्धानमा जुटेको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले प्रारम्भिक अनुसन्धान शुन्य अवस्था बाट थालिएको दाबी गर्ने गरेको छ । कहाँ, कुन स्थानमा कति जनाको संख्यामा रहेका ब्यक्ति घटनामा संलग्न रहेका थिए भन्नेबारेको जानकारी प्रहरीको अनुसन्धान टोलीले पीडितको बयानबाट सूचना सङ्कलन गरी सिसिटिभि फुटेज र प्राविधिक बिश्लेषणका आधारमा आरोपितलाई पक्राउ गरेको थियो ।
को–को परेका छन् पक्राउ
मुगुको छायानाथ रारा नगरपालिका १० का २३ वर्षका हिक्मत नेपाली, २२ वर्षका रतन नेपाली, १९ वर्षका दिपक नेपाली, २३ वर्षका शिवहरि वुढा, २४ वर्षका युवराज वढुवाल र २५ वर्षका हस्त नेपाली, वडा नम्बर ११ का २४ वर्षका चन्द्र साउद, वडा नम्बर ६ का २१ वर्षका सुरेश सेजुवाल र अर्घाखाँचीको सितगंगा नगरपालिका १२ घर भई कपिलवस्तु वुद्दभुमी बस्ने ४३ वर्षका गोपालकुमार शिरिष ।

सामुहिक बलात्कारको घटनामा संलग्न रहेको भन्दै प्रहरीले सात जनालाई मंगलबार र थप दुइ जनालाई गत बुधबार पक्राउ गरेको थियो । गहिरो अनुसन्धान गरेर घटना बाहिरिएको केही घण्टामै पीडकसम्म पुगेको दाबी प्रहरीले गरिरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #सामूहिक बलात्कार

तपाईको कमेन्ट लेख्नुहोस्