पोर्चुगल जाने सपना अधुरै,फस्यो लाखौ पैसा, घरबाट बिदाई भएर आएकाहरुको बिचल्ली
काठमाडौं । पोर्चुगल जाने सपना बोकेर लाखौ पैसा बुझाएका युवाहरुको बिचल्ली भएको छ । पोर्चुगल पठाइदिन्छु भनी ठूलो रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेपछि उनीहरुको सपना अधुरै रहेको छ । ठगीको अभियोगमा काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौँ मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका ६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका २९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका १ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् ।
वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनी प्रलोभनमा पारी ६० जना बढीलाई ठगी गरेको भन्दै प्रहरीमा दिनहुँ उजूरी दिनेहरु बढिरहेका छन् । पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।
उजूरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले के कसरी ठगी भयो ? कति जनाको संलग्नतामा के कति व्यक्तिमाथी ठगि भएको छ भन्ने खोजबिन अब काठमाडौं परिसरबाट हुनेछ । घरबाट पोचुगल जान बिदावारी भएर आएका र काठमाडौं आएपछि ठगीमा परेको भन्दै प्रहरीकोमा उजूरी बोकेर पुगेका थिए । उजूरी आउने क्रम बढिरहेका कारण धेरै जना ठगिएको हुनसक्ने आँकलन प्रहरीले गरेको छ ।
के हो भिजिट भिसा ?
विदेशमा रहेका कुनै आफन्त या यात्रामा जानु परेको खण्डमा प्रयोग गरिने भिसा भिजिट भिसा हो। देशअनुसार भिजिट भिसा फरक–फरक अवधिका लागि दिइने गरे पनि युएईले भने ३ महिनाका लागि दिन्छ। भिजिट भिसाका लागि सबभन्दा महत्वपूर्ण दुईतर्फी हवाई टिकट र यात्रा गर्ने व्यक्तिसँग १ हजार अमेरिकी डलर अनिवार्य हुनुपर्छ। कानुनअनुसार भिजिट भिसामा गएका कुनै पनि व्यक्तिले सम्बन्धित देशमा पुगेपछि आम्दानीमूलक काम गर्न पाउँदैनन्।
किन बढ्यो भिजिट भिसामा आकर्षण ?
पछिल्लो समय भिजिट भिसामा वर्किङ भिसाको रुपमा परिणत गरि रोजगारीमा बस्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा जान सरकारी प्रक्रिया पूरा गर्न लामो समय लाग्ने भन्दै भिजिट भिसाको आकर्षण बढेको सरोकारवालाले बताइरहेका छन् । पछिल्लो समय धेरै तलबको लोभले भिजिट भिसामा जानेको संख्या बढेको छ । युएई सरकारले कहिलेकाहीँ भिजिट भिसालाई वर्किङ भिसाको रूपमा परिणत गर्ने सुविधा दिने गरेकाले दलालले सोही प्रावधानको फाइदा उठाइरहेका छन ।
सेटिङ मिलाएर भिजिट भिसालाई वर्किङ भिसामा परिणत गर्न सफल भएको खण्डमा समस्या नआउने तर त्यसो हुन नसके समस्या बढ्ने गरेको छ । पछिल्लो समयमा भिजिट भिसाबाट ठूलो संख्यामा नेपाली विदेश गइरहेका छन । भिजिट भिसामा कति विदेशिए भन्ने एकिन तथ्यांक अध्यागमन विभागसँग समेत छैन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्