संसद खुलाउन कसैको छैन चासो,ओलीको ध्यान चुनावतिरै,देउवा गठबन्धनमै रुमल्लिदैं
काठमाडौं । संघीय संसद अन्तर्गत दुबै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक गएको भदौ २४ गतेदेखि अवरुद्ध छ । लोकतान्त्रिक ब्यवस्थामा जनताका सबै समस्या समाधानका लागि जनताले चुनेर पठाएका जनप्रतिनिधिहरु मार्फत जनताका समस्या राख्ने मुख्य थलो संसद चार महिनादेखि अवरुद्ध छ । राज्य सन्चालनका मुख्य तीन अंग कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिकामध्ये ब्यवस्थापिका संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा गएको भदौ २४ गतेदेखि बन्धक हुनुमा सत्तारुढ पाँच दलिय गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आरोप लगाएको छ ।
नेकपा एमाले, संसदीय ब्यवस्थाप्रति अनुदार बन्दैगएको सत्तारुढ पाँच दलीय गठबन्धनको ठम्याइ छ । संसदमा जारी अवरोध हटाउन साथै अमेरिकी अनुदान सहयोग एमसिसि सम्झौता लगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटक सर्वदलीय बैठकमा एमालेलाई पनि बोलाएका थिए तर एमालेले सर्वदलीय बैठक बहिस्कार गर्यो । त्यति मात्रै होइन सर्वदलीय बैठक अघि आफ्ना बिश्वास पात्र सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई वार्ता गर्न दुई–दुई पटक प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली निवास भक्तपुरको वालकोटमै पठाएका थिए । यसैगरी प्रतिनिधिसभाको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले राखेका सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गर्दै आएको छ ।
संसदको कार्यसुची बनाउन संसदीय नियामावली अनुसार प्रमुख प्रतिपक्षी दलसहित बस्ने कार्यब्यवस्था परामर्श समितिको बैठकहरुमा पनि एमाले अनुपस्थित हुने गरेको छ । सापकोटाप्रति कटाक्ष गर्दै एमालेले भने सभामुखले सत्ताको पक्ष लिएको, आरोप लगाएको छ । सरकारले पनि समस्या समाधानतिर कुनै पहल नगरेको आरोप एमाले लगाएको छ । एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले सदर नगरेपछि असंवैधानिक भन्दै १४ जना सांसदको पद खारेजीको माग गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट आइतबार पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दा उक्त मुद्दा टुंगो लाग्नसकेको छैन ।
सर्बोच्च अदालतका प्रधानन्यायाधीश बिवादमा परेकाले संबैधानिक इजलास समेत गठन हुन नसक्दा यो मुद्दा किनारा लाग्न पनि प्रधानन्यायाधीशले मार्ग प्रसस्त गर्नुपर्ने संविधानका जानकारको भनाइ छ । राज्य संचालन गर्ने प्रमुख अंगहरुको गतिरोध अन्त्य गर्न राजनीतिक दलहरूले अझै पनि गृहकार्य गरेको देखिदैन । त्यति मात्र होइन, सत्ताको साँचो हातमा लिएर बसेका पाँच दलीय गठबन्धन एमालेसँग वार्ता गर्ने भन्दै सत्ता जोगाउने रणनीतिमा मात्र लागेको छ । स्वयम् नेकपा एमाले पनि समस्या समाधान होस, संसद चलोस् भन्ने चाहदैन, उसले एकलव्यरुपमा आम निर्वाचनमा जानुपर्ने वातावरण मात्र बनाइरहेको देखिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #संघीय संसद
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्