माओवादी केन्द्रको विधान अनुमोदन,अव १५ पदाधिकारीसहित २९९ सदस्यीय समिति
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिबेशनको बन्दशत्रमा विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित पारित भएको हो । अव माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ भने १५ जना पदाधिकारी रहने छन् ।
पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने विधानमा उल्लेख छ । विधानमा पदाधिकारीलाई समावेशी बनाउने उल्लेख गरिएको छ । यस्तै केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी मिलाइने व्यवस्था रहेको छ । १५ प्रतिशत सदस्य मनोनीत गरिने छ ।
यसअघि १० प्रतिशतमात्रै मनोनीत हुने व्यवस्था थियो । प्रतिनिधिको सुझाव अनुसार राष्ट्रिय परिषद्को पनि व्यवस्था गरिएको छ । यस्तै, केन्द्रमा जस्तै प्रदेशअन्तर्गत पनि गैरभौगोलिक विशेष कमिटी निर्माण गर्न सकिने व्यवस्था गरिएको छ । जसअनुसार महाशाखा, शाखा गठन हुनेछन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्