सन् २०२१ बिदाई हुँदै, २०२२ लाई स्वागत गरिदैं
काठमाडौं । आज सन २०२१ सालको अन्तिम दिन । भोली देखी अङ्ग्रेजी नयाँ बर्ष २०२२ सुरु हुँदैछ । नयाँ बर्ष सुरुवात हुने पुर्व सन्ध्यामा नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष इभ मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२१ को विदाई र नयाँ वर्ष सन् २०२२ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । तर बिगतका बर्षमा कोरोनाका कारण पुरानो बर्षलाई बिदै गरी नयाँ बर्षलाई स्वागत गरिरहदा खासै उत्साह भने देखिएको थिएन । तर यो बर्ष भने विभिन्न स्थानमा कार्यक्रम गरी सन २०२१ लाई बिदाइ गरिदै छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्